देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौंका यी स्थानमा आज चार घण्टा बिजुली नआउने

0

काठमाडौं – काठमाडौंका विभिन्न स्थानमा शनिबार साढे चार चार घण्टासम्मबिजुली अवरुद्ध भएको छ।

नेपाल विद्युत् प्राधिकणका अनुसार रत्नपार्क वितरण केन्द्रको टेकु थापाथली फिडर अन्तर्गत पर्ने थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी कार्यालय, दशरथ रंगशाला हुँदै ब्लु क्रस अस्पताल क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि त्यस क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म फिडर सटडाउनमा राख्नुपर्ने विद्युत सेवा अवरूद्ध हुनेछ।

त्यस्तै महाराजगञ्ज वितरण केन्द्रको शिवपूरी फिडर अन्तर्गत डाडागाउँ, पासिकोट, भष्मथली,टोखा, पंचेटार, मेगासिटी, ढलमल क्षेत्रमा पनि विद्युतीय तार भूमिगत गर्ने कामका लागि उक्त फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती क्षेत्रहरूमा आज बिहान साढे ९ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ।

चाँडै काम सकिए निर्धारित समयअगाडि नै विद्युत् सेवा सुरू गर्ने प्राधिकरणले जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार