देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौंका सामुदायिक विद्यालयले भाडा लगाएका ६१ सटरमा ताला

0

काठमाडौं – काठमाडौं महानगरपालिकाको शिक्षा विभागले चार सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ सटरमा ताला लगाएको छ।

शिक्षा विभागका प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा राखिएका सटर तथा टहरामा आइतबार ताला लगाएको हो।

ताला लगाइएका सटरहरूमा रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयका १७ सटर, बागबजारको सहिद शुक्र माध्यमिक विद्यालयका २२ सटर, डिल्लीबजारको विजय स्मारक माध्यमिक विद्यालयका ८ सटर, र पदमकन्या माध्यमिक विद्यालयका १४ सटर रहेका छन्।

शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले भने,  ‘शैक्षिक क्रियाकलापका लागि उपयोग हुनु पर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरहरूमा ताला लगाई प्रधानाध्यापकहरूलाई बुझाइएको छ। अब ती सटरहरू पुनः व्यावसायिक प्रयोजनमा चलाउन पाइने छैन। व्यवसायीहरूलाई आफ्ना सामान लैजान सात दिनको समय दिइएको छ।’

महानगरपालिकाभित्रका ३७ विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको पाइएको छ। यी सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइनेछ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार