देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौंको  चुच्चेपाटीमा आमा-छोरीमाथि ‘थिनर’ प्रहार

0

काठमाडौं – काठमाडौंको  चुच्चेपाटीमा एक व्यक्तिले श्रीमती र छोरीलाई ‘थिनर’ प्रहार गरेका छन् । घरायसी विवादमा थिनर प्रहार गर्ने हेटौंडाका विष्ट थरका व्यक्तिलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ ।

बौद्ध प्रहरीले जनाए अनुसार चुच्चेपाटीमा एसिड आक्रमण भएको हल्ला चले पनि एसिड नभई थिनर आक्रमण भएको हो । पीडित  आमा- छोरी मध्ये छोरीको आँखामा थिनर परेकाले उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । आमाको अवस्था भने सामान्य छ ।

विशेषगरी घरमा लगाउने रंगलाई पातलो बनाउन वा रंग लगाइसकेपछि कुनै दाग बसेको छ भने त्यसलाई हटाउन थिनर प्रयोग गरिन्छ । साथै नङपालिस हटाउन पनि थिनरको उपयोग हुन्छ । तारपिनको तेल पनि एक प्रकारको थिनर हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार