देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौंको थलीमा मृत भेटिएका पुरुष भक्तपुरका नगरकोटी

0

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका- ५ थलीमा शंकास्पद अवस्थामा मृत भेटिएको पुरुषको पहिचान खुलेको छ ।

मृतक भक्तपुर नगरपालिका वडा नम्बर ७ छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी रहेको खुलेको छ ।

बौद्ध प्रहरीका अनुसार उनको शव आज बिहान ५ बजेर २५ मिनेटमाथली ओरालो नजिक बन्दै गरेको ढुंगाको पर्खालको छेउमा भेटिएको थियो । तर उनको पहिचान खुलेको थिए ।

उनको साथमा भएको सवारी चालक अनुमती पत्रमा भए अनुसार भक्तपुर छालिङ–७ उल्लेख गरिएको छ ।

कालो कपडाले शवको अनुहार ढाकिएको छ । घटना स्थलमा दुईवटा ब्लेड फेला परेको प्रहरीको भनाई छ ।

नगरकोटीको घाटीमा धारिलो वस्तुले काटेको शंकास्पद अवस्थामा मृत फेला परेको थियो । घटना बारे थप अनुसन्धान भइरहेको बौद्ध प्रहरीले जानकारी दिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार