देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौंको बुढानिलकण्ठमा एक महिलाको आरडिटि रिपोर्ट पोजेटिभ

0

(काठमाडौं) – काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं ९ कि एक ३१ वर्षीया महिलामा र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) गर्दा कोरोना पोजेटिभ देखिएको छ । इटालीबाट फर्किएकी उनीमा बुधबार परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

बुढानिकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको आरटीडी विधिबाट कोरोना परीक्षण गरेको थियो । बुधबार वडा कार्यालयमा गरिएको परीक्षणमा २२ दिन देखि होम क्वारेन्टाइन बस्दै आएकी उनमा र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले जानकारी दिए ।

प्रारम्भिक परिक्षणमा पोजेटिभ रिपोर्ट देखिएकी ती महिलाको पीसीआर विधिबाट परीक्षणकालागी स्वाब संकलन गरेर टेकु अस्पतालमा पठाइएको मेयर खरेलले बताए । टेकुबाट आउने रिपोर्टबाट मात्र आधिकारीक जानकारी आउने समेत मेयर खरेलले जानकारी दिएका छन् । आरडिटी रिपोर्ट पोजेटिभ देखिएका हरुको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएका विगतमा उदाहरणहरु प्रसस्तै छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार