देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौंको मतपरिणाम घोषणा सँगै शुक्रबार खुलामञ्चमा बालेनको धन्यवाद सभा

0

काठमाडौं – निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको निर्वाचनको मतपरिणाम शुक्रबार विहानमात्रै घोषणा गर्ने भएको छ।

वैशाख ३१ गतेदेखि राष्ट्रिय सभागृहमा सुरु भएको मतगणना १३औं दिनमा बिहीबार सम्पन्न भएको हो।

मतगणना सम्पन्न गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग परामर्श गरेर भोलि विहान ६ बजेमात्रै औपचारिक रुपमा अन्तिम मतपरिणाम सुनाउने निर्णय गरेको हो।

यद्यपि मेयरमा बालेन्द्र साह र उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएका छन्। कसले कति मत पाए भन्ने भोलि विहान सार्वजनिक गरिनेछ।

निर्वाचन अधिकृतले खुलामञ्चमा मेयरमा विजयी स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको धन्यवाद सभा खुलामञ्चमा हुने जानकारी पनि गराए। ‘भोलि विहान यहीँ जम्मा भएर र्‍याली लिएर भद्रकाली, सहिदगेट हुँदै खुलामञ्चमा धन्यवाद सभामा सहभागी बनौं,’ उनले भने।

महानगरका ३२ वडामध्ये नेपाली कांग्रेसले २० वडा जितेर बहुमत हासिल गरेको छ। त्यसैगरी ११ वडा जितेको नेकपा एमाले कमजोर बनेको छ। काठमाडौंमा १ वडा समाजवादीले जितेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार