देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौंको मेयरमा बालेनको फराकिलो अग्रता कायमै, सिर्जनालाई दोस्रो मत

0

काठमाडौं – काठमाडौं महानगरपालिका मेयरमा वालेन्द्र साहले फराकिलो मतान्तरलाई कायमै राखेका छन् ।

आइतबार बिहान ८ स् ३० बजेसम्म १ लाख ४ हजार ५ मत गणना हुँदा साहले ३७ हजार ९ सय ४४ मतसहित फराकिलो अग्रता लिएका छन् ।

उनलाई नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २१ हजार २ सय २४ मतसहित पछ्याइरहेको अवस्था छ । बालेन काँग्रेसकी सिंह भन्दा १६ हजार ७ सय २० मतको बढी छ ।

एमालेका उम्मेदवार केशव स्थापित काँग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहभन्दा पछाडि परेका छन् । उनले  एमाले २० हजार ७ सय ४ मत पाएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार