देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि काठमाडौं फर्काएर सुरक्षित अतवरण गराइएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित नागरिक उड्‍डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको देव्रेपट्टीको इन्जिन फेल भएपछि  काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको जानकारी दिए ।

उनले भने,’ धनगढीका लागि उडेको जहाजको ‘लेफ्ट इन्जिन’ फेल भएपछि अहिले १२:८ बजेतिर त्रिभुवन विमानस्थलमा सुरक्षित अवरण गराइएको हो। सबै यात्रु सकुशल छन्।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार