देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित २० हजार मतले पछाडि

0

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता कायमै राखेका छन्।

मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेन्द्रले नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई करिब २० हजार मतले पछाडि पारेका हुन्।

पछिल्लो मत परिणामअनुसार बालेनले ५२ हजार २ सय ५१ मत प्राप्त गरेका छन्। कांग्रेसकी सिंहले ३२ हजार ८ सय २२ मत ल्याएकी छन्।

बालेन भन्दा सिर्जना र स्थापित झण्डै २० हजार मतले पछाडि छन्। एमालेका स्थापितले ३२ हजार ८ सय ७ मत प्राप्त गरेका छन्।

पछिल्लो मत परिणाम अनुसार काँग्रेसकी सिर्जना सिँह र एमालेका स्थापितको मतान्तर १५ मात्रै रहेको छ ।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले अग्रता कायमै राखेकी छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार