देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

0

काठमाडौं – काठमाडौंको कलङ्की स्युचाटार पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बागमति प्रदेश ०२–०२१ प ६३३१ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा नुवाकोटको कुमारी १ घर भई हाल थानकोट बस्ने अन्दाजी २२ वर्षीया लक्ष्मी दर्नालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा कलंकीस्थित नेपाल नेशनल अस्पतालमा गएराति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरिका अनुसार लक्ष्मीले तीव्र गतिमा चलाएको मोटरसाइकल आइतबार साँझ पौने ६ बजे डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार