देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौंमा राजवादीहरुको दोश्रो जुलुस,न कोरोना न निषेधाज्ञा

0

काठमाडौं- जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञलाई बेवास्ता गर्दै राजवादीहरूले काठमाडौमा दोश्रो पटक र्‍याली तथा जुलस निकालेका छन्। जिप्रका काठमाडौंले कोरनाको महामारीको कारण देखाइ निषेधाज्ञा लगाएको थियो तर राजावादीहरुले भौतिक दुरी समेत कायम नराखी काठमाडौमा जुलुस निलेका हुन्।

काठमाडौमा शनिबार राजावादीहरुले निकालेको जुलस दोश्रो जुलुस हो। यसअघि, मंसिर १५ गते पनि राजावादीहरुले यस्तै जुलुस निकालेका थिए। १५ गतेको जुलुसका आयोजना राष्ट्रिय शक्ति नेपाल नाम गरेको संस्थाले गरेको थियो, जुन संस्थाको अध्यक्ष शाहीकालका मन्त्री केशरबहादुर वीष्टले गरेका छन्।

राजावादीहरूले शनिबार दिउसो काठमाडौंको माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम जुलुस निकालेका थिए। राजावादीहरुको जुलुस रोक्न सरकारले माइतघीर मण्डलमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेतापनी प्रहरीले हस्तक्षेप गरेन। शनिबारको जुलुसको आयोजना नेपालको लागि नेपाली र स्वतन्त्र नागरिक समाजले गरेको थियो।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी गम्भिर विवादमा परेको बेला र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्तरिक महाधिवेशनको तयारीमा जुटेको बेला  राजावादीहरुले देशका विभिन्न ठाउमा जुलुस निकाल्ने गरेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार