देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौंमा विश्वकै पहिलो प्रदुषित शहर

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ –  नेपाल विश्वको १० औं प्रदूषित मुलुकमा र राजधानी काठमाडौं छैटौं प्रदूषित सहरमा परेको छ । ‘वर्ल्ड एयर क्वालिटी’ को रिपोर्टअनुसार दुई दिनयता काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो स्थानमा छ ।

रिपोर्ट अनुसार सोमबार काठमाडौंको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूएआई) १५४ थियो । मंगलबार साँझ ८ बजे त्यो बढेर १५९ पुग्यो । सामान्यतः शून्यदेखि ५० सम्मको एक्यूआईलाई सन्तोषजनक मानिन्छ । १५० भन्दा माथिलाई अस्वस्थ मानिने वातावरणविद्हरु बताउँछन् ।

वातावरणविद्हरुका अनुसार एक्यूआई १५० देखि २०० हुँदा संवेदनशील मानिसलाई असर गर्छ । २०१ देखि ३०० एक्यूआईले सबै उमेर समूहका मानिसको स्वास्थ्य जोखिम बढाउँछ । ३०१ देखि ५०० सम्मले आपत्कालीन अवस्था जनाउँछ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार हावामा पीएम २.५ को मात्रा प्रतिघनमिटरमा ५ माइक्रोग्राम वा त्यसभन्दा कम हुनुपर्छ । जबकि मंगलबार काठमाडौंमा पीएम २.५ को मात्रा ६४.५ थियो । यो डब्लूएचओले तोकेको मापदण्डभन्दा १२.९ गुणाले बढी हो ।

जल तथा मौसम विज्ञान विभागले उपत्यकामा प्रदूषणको स्तर जोखिमको तहमा पुगेका कारण आकाश धुम्मिएको जनाएको छ । विभागका अनुसार कचौरा आकारको काठमाडौं उपत्यकामा उच्चचापीय प्रभावका कारण हावा प्राकृतिक हिसाबले नबग्दा जम्मा भएका धूवाँ/धूलो, कणका कारणले वायुमण्डल प्रदूषण भई तुवाँलो देखिएको बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार