देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौंमा सुर्तीजन्य वस्तुको प्रयोग पूर्ण निषेध छ – मेयर बालेन

0

काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरपालिका क्षेत्रका सार्वजनिक स्थलहरूमा सुर्तीजन्य वस्तुको प्रयोग गर्न पूर्ण निषेध रहेको बताएका छन् ।

महानगरको कार्यपालिका बैठकमा मेयर बालेनले विश्व सुर्तीजन्य पदार्थरहित दिवसका सन्दर्भमा महानगरपालिकाले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको प्रयोग गर्न नपाउने कानुनी व्यवस्था गरेको बताएका हुन् ।

मेयर बालेनले भने, ‘महानगरपालिकाले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको प्रयोग गर्न नपाउने कानुनी व्यवस्था गरेको छ । धेरैले यसलाई अदालतको आदेशले रोकिएको भन्नुभएको छ । तर, हामीले अगाडि सारेको कार्यक्रम र अदालतले आदेश गरेको विषय फरक हो ।’

उनले विषय स्पष्ट पार्दै भने, ‘हामीले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग गर्न नपाउने व्यवस्था गरेको हौँ । अदालतले गरेको आदेश प्याकेजिङ्सँग सम्बन्धित छ । फरक विषयलाई फरक रूपमा बुझ्नुपर्छ ।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार