देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौं उपत्यकमा हालसम्मकै उच्च ८५९ जनामा संक्रमण पुष्टि

0

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८ सय ५९ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार काठमाडौँमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा कोराना संक्रमितको कुल संख्या १५ हजार १ सय ३८ पुगेको छ । काठमाडौंमा १२ हजार ४ सय ४४ ललितपुरमा १ हजार ४ सय २६  र भक्तपुरमा  १ हजार २ सय ६८ संक्रमित पुगेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार