देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौं उपत्यकाका प्रशासनले जारि गर्यो नयाँ आदेश, (आदेशसहित)

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले सोमबार देखि लागु हुनेगरी नयाँ आदेश जारी गरेको छ। आइतबार तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरू बसेको बैठकले नयाँ आदेश जारी गरेको हो।

आदेशले कोरोना भाइरसको संक्रमणलाई मध्यनजरमा राख्दै केही पूराना आदेशहरूलाई परिमार्जन गरेको छ। तर सबै प्रकारका आमसभा, जुलुस, भेला, सम्मेलन, जात्रा लगायत भिडभाड हुने कार्यहरू भने नगर्न आदेश दिएको छ।

बैठकले विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर लगायत शैक्षिक संस्था फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने निर्णय गरेको छ।

तर विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीको हकमा नियमित र नभएका विद्यार्थीको हकमा संख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न भनेको छ।

यस्तै प्रशासन कार्यालयले उपत्यकामा जोरबिजोर प्रणाली पनि हटाएको छ। योसँगै प्रशासनले फागुन १ गतेदेखि लागुहुनेगरी नाइट क्लबहरू पनि सञ्चालन गर्न अनुमति दिएको छ।

यस्तो छ आदेश –

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार