देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौं उपत्यकामा शुक्रबारसम्म वर्षा हुने

0

काठमाडौं – काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । आज दिनभर पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा २५.२ मिलिमिटर वर्षा भएको मौसमविद् राजु प्रधानाङले जानकारी दिए । “बिहान तीन/चार बजेदेखि सुरु भएको वर्षा अहिले पनि भइरहेको छ,” उनले भने, “यो क्रम शुक्रबारसम्म रहनेछ ।”

काठमाडौंमा भारी वर्षाको सम्भावना नभएपनी हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् प्रधानाङ बताउँछन् । मनसुनी गतिविधि सक्रिय हुँदा काठमाडौंसहित केही भू–भागमा केही दिनयता वर्षा भइरहेको छ ।

अहिले पाल्पा, नवलपुरलगायत भू–भागमा भारी वर्षा भएको छ । बिहान ५ बजेदेखि पाल्पाको अर्चले, नवलपुरको देउराली र आसपासका क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, वाग्मती, मधेस र कोसी प्रदेशका केही स्थानमा बिहानैदेखि मध्यम वर्षा भइरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार