देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । आज बसेको उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले २५ जनाभन्दा धेरैको उपस्थितिमा हुने भेलामा रोक लगाउने निर्णय गरेको हो ।

कोरोना संक्रमणदर बढ्दै गएपछि सोमबार गृह मन्त्रालयले सबै किसिमका भेला, सम्मेलनमा रोक लगाउन आफू मातहतका निकायलाई निर्देशन दिएको थियो ।

सोही निर्देशनमा छलफल गरेर उपत्यकामा सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नदिने निर्णय गरिएको ललितपुरमा प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार