देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौं पार्टी प्यालेसमा लागेको आगो तिन घण्टापछी नियन्त्रणमा

0

काठमाडौं – काठमाडौंको खुसिबु नयाँबजारस्थित पार्टी प्यालेसमा लागेको आगो करिब तीन घण्टापछि नियन्त्रणमा आएको छ। काठमाडौं महानगरपालिका- १७ खुसिबु नयाँबजारस्थित क्लासिक बफे प्वाइन्ट पार्टी प्यालेसमा आगलागी भएको हो।

आइतबार साँझ ५ बजेतिर पार्टी प्यालेसको भण्डार कोठा र भान्साकोठामा अचानक लागेको आगो ८ बजेतिर नियन्त्रणमा आएको महानगरीय परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उपरीक्षक मैनालीका अनुसार करिब ४५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। उनले मानवीय क्षति नभएको बताए। उनका अनुसार विवाहको लागि खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको हो।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट प्रहरी नायब उपरीक्षकसहित ३० जना, नगर प्रहरी कार्यालय, भृकुटीमण्डपबाट प्रहरी निरीक्षकसहित १० जनासमेत गरी ४० जना प्रहरी टोली र नारायणहिटी संग्रहालयस्थित पुरानो गोरख गणबाट उपसेनानीको कमाण्डमा ३५ जना नेपाली सेनाको टोलीले खटिएर आगो नियन्त्रणमा लिएको उनले बताए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार