देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौं महानगरका वडा सचिव ४ लाख घुससहित पक्राउ

0

काठमाडौं – काठमाडौं महानगरपालिका वडा नम्बर–३० का वडासचिवलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको छ । वडा सचिव भरतकुमार पोखरेललाई ४ लाख घुस रकमसहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

निर्माण सम्पन्न गरेका ठेकेदारको भुक्तानी रोकेर पोखरेलले घुस मागेका थिए । आयोगको स्टिङ अपरेशन टिमले ज्ञानेश्वरस्थित वडा कार्यालयबाट उनलाई पक्राउ गरेको हो । घुस रकम पोखरेलको दराजबाट बरामद गरिएको जनाइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार