देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा अधिकारी

0

काठमाडौं – काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालका प्रवक्ता वसन्त अधिकारी नियुक्त भएका छन् ।

सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव अधिकारीलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका हुन् ।

काठमाडौं महानगरको प्रमुख प्रशासकिय अधिकृत रहेका लोकनाथ पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् ।

दुई वर्ष मन्त्रालयको प्रवक्ता रहेका अधिकारी महानगरमा बुधबार हाजिर हुने बताएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार