देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौं महानगरमा २५८ जना नगर प्रहरीको जागीर खुल्यो (सूचनासहित)

0

काठमाडौं – काठमाडौं महानगरपालिकाले करार सेवामा २५८ जना नगर प्रहरी जवानको लागि दरखास्त आह्वान गरेको छ।

महानगरपालिकाले शनिबार एक सूचना प्रकाशित गरी २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगी माग गरेको हो।

महानगरको सुचना अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएकाहरूलाई दरखास्त दिन आग्रह गरेको छ।

महानगरले ७ दिनभित्र आफ्नो वैकल्पिक दर्ता नम्बर र नागरिकताको प्रमाणपत्रसहित  महानगरको प्रशासन विभागमा दरखास्त पेस गर्न समेत आग्रह गरेको छ।

यस्तो छ महानगरको सूचना : 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार