देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौं विश्वविद्यालयमा लाग्यो ताला, पठनपाठन ठप्प

0

काठमाडौं – काठमाडौं विश्वविद्यालयमा ताला लागेसँगै पठनपाठन ठप्प भएको छ । आन्तरिक विवादका कारण मंगलबारदेखि विश्वविद्यालयमा सबै पठनपाठन बन्द भएको हो । यसअघि पनि विभिन्न समयमा आन्दोलन भएपनि पठनपाठन भने रोकिएको थिएन । तर यो पटक भने पठनपाठन नै ठप्प हुने गरि ताला लगाईएको हो ।

यतिबेला प्राध्यापक तथा कर्मचारीहरु विगतमा भएका सहमति कार्यान्वयनको माग राख्दै आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत उनीहरुले स्कुल अफ ल, स्कुल अफ साइन्स, स्कूल अफ इन्जिनियरिङ, स्कुल अफ म्यानेजमेन्ट, स्कुल अफ आर्टस्, स्कुल अफ एजुकेसन, स्कुल अफ मेडिकल साइन्सेज, परीक्षा नियन्त्रकको कार्यालय र प्रशासनिक भवनहरुमा तालाबन्दी गरेका छन् ।

काठमाडौं विश्वविद्यालय, प्राध्यापक र कर्मचारीहरुबीच गत भदौ मसान्तमा चार बुँदे सहमति भएको थियो । तर सहमति कार्यान्वयन नभएपछि उनीहरुले यही पुस १५ गते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।
पेशागत हकहितको माग राखेर शान्तिपूर्ण रुपमा तालाबन्दी गर्न खोज्दा आफूहरुमाथि हातपात गराएको भन्दै प्राध्यापक र कर्मचारीहरुले स्कुल अफ मेडिकल साइन्सेजका डीन राजेन्द्र कोजु र सहायक डिन रमेश माकाजुलाई कारबाहीको माग गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार