देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौैंको फोहोर बिहिबारदेखी उठाइने

0

काठमाडौं – काठमाडौं महानगरपालिकाले एक हप्तादेखी रोकिएको फोहोर बिहिबारदेखी उठाउने भएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालका अनुसार बुधबार जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने र भोलिदेखि फोहोर उठाउन सुरू गरिने भएको हो।

‘भोलि १२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईँको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन, त्यसै सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको छ’, महानगरद्वारा जारी सूचनामा भनिएको छ।

उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक निर्माणका लागि भन्दै महानगरले कम्तिमा ७ दिन फोहोर नउठाउने निर्णय गरेको थियो।

अब भोलिबाट फोहोर उठाउने र ढुवानी गर्ने काम सुरू हुने महानगरले जानकारी दिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार