देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाण्डौं बुनपाका एकै परिवारका ८ जनासहित १४ जनालाई कोरोना पुष्टि

0

काठमाडौं – काठमाण्डौंको बूढानीलकण्ठ नगरपालिकामा एकै परिवारका ८ जनासहित १४ जनालाई कोरोना को संक्रमण पुष्टि भएको छ । बुनपा वडा नम्बर १० पञ्चकन्या चोकमा एकै परिवारका ८ जनालाई संक्रमण पुष्टि भएको हो ।

बुनपाका प्रवक्ता एवं वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईका अनुसार न्यूरोडमा व्यापार गर्नेबुनपाका ३८ बर्षिय पुरुषको ह्याम्स स्पतालमा स्वाब परिक्षण गरिएको थियो ।अस्पतालले शनिबार उनको रिपोर्ट नेगेटिभ आएको खबर गरेको थियो, तर टेकुबाट पोजेटिभ आएको खबर आयो । लगतै उनले अस्पताल पुगेर गलत रिपोर्ट दिएको भन्दै विरोध गरे । त्यसपछि उनको परिवारका सदस्यहरुको स्बाव संकलन गरिएको थियो । रिपोर्ट नआउँदै उनले भने बिथ ल्याबमा टेष्ट गराए ।

हृयाम्स र बिथ दुबैमा उनको रिपोर्ट नेगेटिभ आयो । तर परिवारका ८ जना ५ जना (दाजुभाइ) मा संक्रमण पुष्टि भयो । ‘शायद उहाँलाई संक्रमण भएर निको हुने चरणमा पुगिसकेकेा थियो । तर परिवारका अरु सदस्यलाई सरेको रहेछ’ परिक्षणमा संलग्न एक अधिकारीले भने ।

यस्तै वडा नं १ फुलवारी मार्गकी ३३ वर्षीया महिला, फुलवारी कोलोनीका ३५ वर्षीय पुरुष, वडा नं ४ शिव मन्दिरका ३४ वर्षीय पुरुष, वडा नं ३ देउवा चोकका ३२ वर्षीय पुरुष र वडा नं ८ मण्डिखटारका ६ वर्षीय बालकसमे  १४ जनालाइ संक्रमण पुष्टि भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार