देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाण्डौंको कपनमा अर्गानिक जोन (मौलिक भान्छाघर) सञ्चालनमा

0

काठमाडौं – पछिल्लो समय मानिसहरु प्रकृतिसँगै नजिकिदै जाने ट्रेन बढ्दै गएको छ, मानिसहरु आजभोली आलिशान महलको रौनक भन्दा हरियाली वातावरणमा चराचुरुङीको आवाज सुन्दै प्रकृतिको काखमा बसेर रमाउन थालेका छन् ।

प्रकृतिसँगै जोडिदै रमाउन चाहने ट्रेन पछिल्लो समय ह्वातै बढेको छ । यसै ट्रेनलाई (गो ब्याक टु नेचर) मध्यनजर गर्दे वल्र्डमार्ट युनिक सोलुशन प्रालीले काठमाण्डौं कपनस्थित मौलिक चोकमा अर्गानिक जोन (मौलिक भान्छाघर) सञ्चालनमा ल्याएको छ ।

फेमिलियर परियोजना अन्र्तगत वल्र्डमार्टले सञ्चालन गर्न लागेको मौलिक भान्छाघरले अर्गानिक जोनसँगको संयुक्त सहकार्यमा मौलिक परिकारको मेनु लिएर माघे संक्रान्तिको दिनबाट औपचारिक सञ्चालनमा ल्याएको हो ।

जहाँ प्रकृतिसँग नजिक भएर खानाको स्वादको साथमा मनोरञ्जन लिनको सकिन्छ । काठमाण्डौं कपनस्थित मौलिक चोकमा सञ्चालित अर्गानिक फार्म हाउस तथा मौलिक भान्छाघर (अर्गानिक जोन) मौलिक खानाको पारखीको लागि विशेष मेनु लिएर सञ्चालनमा आएको छ । साथै सात बार सात विशेष परिकारको साथमा सास्कृतिक कार्यक्रम सहित सो अर्गानिक जोन –मौलिक भान्छा सञ्चालन गरिएको हो ।

माघीको दिनमा माघी विशेष सहित ७ प्रदेशको परिकारको स्टल समेत राखिएको थियो भने साझमा प्रदेश न. ६ को विशेष देउडा साँझ सञ्चालन गरिएको थियो । सो कार्यक्रम तथा अर्गानिक जोनको (मौलिक भान्छा) उद्घाटन जाजरकोटका पुर्व सांसद तथा संविधानसभा सदस्य एबम नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजीव विक्रम शाह र बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्ध खरेलले संयुक्त रुपमा गरेका थिए ।

उद्घाटन कार्यक्रममा शाहले राजनीति विचारधारा फरक भएपनि विकासका लागि सबै राजनीतिक दलको एकै आवाज हुनुपर्ने बताए ।साथै स्वदेशी उत्पादनको प्रवद्र्धन र आफ्नो मौलिकता झल्काउने गरी सञ्चालनमा ल्याइएको अर्गानिक जोन –मौलिक भान्छा) जस्ता व्यवसाय ठाउँ–ठाउँमा सञ्चालन हुनुपर्ने उनको भनाई छ ।

No description available.

साथै कार्यक्रममा नगरप्रमुखले खरेलले आफ्नो नगरपालिकाभित्र नमुना काम भएको भन्दै प्रशंशा समेत गरे । कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुख रमादेवी राई, वडा अध्यक्ष तथा नगरप्रवक्ता नवराज भट्टराईलगायतको उपस्थिती रहेको थियो ।

अर्गानिक जोन (मौलिक भान्छा) मा ग्राहक आफैले छानेर विभिन्न ७ प्रकारका पन्छीहरु कालिज, टर्की, कडकनाथ, बट्टाई, लोकल कुखुरा, लौकाट र हाँसलाई ७ परिकार बनाएर पस्किने गरेको अर्गानिक जोनका (मौलिक भान्छाघर) सञ्चालक सुमन दाहालले बताए । उनका अनुसार आफ्नै फार्ममा उत्पादन भएको हरियो सागसब्जीलगायतका अर्गानिक तरकारीहरु ग्राहक –कस्टुमर) आफैले टिपेर ल्याउने र तयार गरेर पस्किने गरिन्छ ।

“यहाँको अर्को विशेषता भनेको गाउँ–गाउँबाट संकलन गरेर ल्याएको कोदो,मकै, फापरको परिकारहरु च्याख्लाको खिर, कादो फापर, जौको म.म, मोरिङा, फापर, कोदोको चाउमिन, भुटेको परिकारहरुलगायत मौलिक खाना हो,” उनले भने ।

साथै यस मौलिक भान्छा लोप हुदै जान लागेका ढिकी जाँतो, हलो, जुवालगायतका मौलिक औजारहरु पनि राखिने र सोबाट उत्पादित वस्तु प्रयोग गर्ने तयारी भइरहेको छ । करिब ७ रोपनी जग्गामा फैलिएको यस फेमिलियर परियोजनामा पशुपन्छी पालन,कृषि फार्म, प्रशोधन उद्योग सहित ७ सय ५३ स्थानीय तहको उत्पादनको खरिद तथा बिक्री केन्द्र (मौलिक बजार) सञ्चालनमा रहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार