देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाण्डौको भृकृटीमण्डपमा नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी

0

काठमाडौं – मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लि ले संयुक्त रुपमा यहि माघ १८ गते देखि २१ गते सम्म काठमाण्डौको भृकृटीमण्डपमा नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ ।

विगत ८ वर्ष देखि आयोजना गर्दै आइरहेको निर्माण ब्यबसाय संग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रका नविनतम प्रविधि को बारेमा जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुृ“च पुर्याउने उदेश्य ले नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी को नवौं संस्करण यहि माघ १८ गते देखि २१ गते सम्म काठमाण्डौको भृकृटीमण्डपमा आयोजना गरिएको हो ।

आयोजकका अनुसार उक्त आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देश का ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्ड हरु का १५० भन्दा बढि स्टल रहेका छन् ।

निर्माण सम्बन्धि उद्योगहरु, कम्पनीहरु, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण ब्यबसाय संग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत ८ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आइरहेको बताइएको छ ।

यस प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरीरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियरस्, कन्ट्रयाक्टरस, विल्डरस, इन्टीरीयर डिजाइनरहरु, घर बनाउन चाहने व्यति तथा आम नागरीकको उल्लेखनिय सहभागिता रहने छ । साथै यस प्रदर्शनीमा टाईटल स्पोन्सर कजारिया टायल्स रहेको छ भने सह प्रायोजकमा भोल्गा तथा जिन्दल स्टील रहेका छन् ।

सहयोगी संस्थाहरु Society of Nepalese Architects (SONA), Interior Designers Association of Nepal (IDEA) तथा Confederation of Indian Industry (CII)  रहेको यो प्रदर्शनी ४ दिन सम्म रहने छ भने उक्त प्रदर्शनीमा नि–शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार