देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठेपुल ओहोरदोहोर गरेबापतको शुल्क पचास रुपियाँ

0

काठमाडौं – कैलालीको कैलारी गाउँपालिकामा स्थानीयवासी काठेपुलबाट ओहोरदोहोर गरेबापत ५० रुपियाँ लिने गरिएको छ ।

पुल तर्दा मोटरसाइकलसहित व्यक्तिको ५० रुपियाँ, व्यक्तिको २० रुपियाँ र साइकलसहित व्यक्तिको २५ रुपियाँ शुल्क लिइने गरिएको हो ।

सो पालिकाले वडा नम्बर ३ को खोनपुर घाट, वडा नम्बर ४ को भितरिया घाट र वडा नम्बर ५ को गोबरैला घाट ठेक्का दिँदै आएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनमा काठेपुल निर्माण वा डुङ्गा सञ्चालनका लागि घाट ठेक्का दिन पाउने स्पष्ट व्यवस्था छैन । तर पालिकाले भने बर्षेनी ठेक्का दिएर उल्टै आर्थिक लाभ लिने गरेको छ । 

खोनपुर घाटमा खोनपुर गाउँ, लालपुर, निमुवाबोझी र शिवरत्नपुरका स्थानीयलाई निःशुल्क रहेको छ । त्यस्तै भितरिया गाउँमा भितरिया र मोहनपुर गाउँवासीलाई निःशुल्क गरिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार