देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘कानुनले सुविधा दिएका बाहेकका कर्मचारीलाई सवारीसाधन नदिनु’ – प्रधानमन्त्री देउवा

0

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमा व्यवस्था भए भन्दावाहेक कर्मचारी वा पदाधिकारीको सवारीसाधन सुविधा र इन्धन कटौती गर्न निर्देशन दिएका छन्।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा देउवाले मन्त्री र सचिवहरूको बैठक बोलाएर उनले इन्धनको मूल्य वृद्धिसँगै यसले मुलुकको विदेशी मुद्रामा असर गरिरहेका भन्दै कानुनले तोकेका बाहेकका सरकारी कर्मचारीलाई सवारीसाधनको सुविधा हेरेर कटौती गर्न निर्देशन दिएका हुन्।

उनले जनताले सरकारबाट पाउने सुविधाहरू सहज र चुस्त रूपमा उपलब्ध गराउन निर्देशन दिएका छन्। ‘तपाईंहरूले सरकारी कार्यालयका टेबल टेबलका शासन आजैदेखि बन्द गराउनुहोस्,’ देउवाले भने, ‘जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रूपमा काम गर्नुहोस्।’

त्यस्तै प्रधानमन्त्री देउवाले ६ महिनाभित्र तरकारी तथा फलफूल र एक वर्षभित्र खाद्यन्नमा आत्मनिर्भर हुनेगरी सम्पूर्ण तयारी गर्न पनि मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन्।

त्यसैगरी विद्युत खपत बढाउने, निर्यातलाई प्रवर्द्धन गर्ने लगायतका कामहरू सबै मन्त्रालयले योजना बनाएर अघि बढ्न पनि देउवाले निर्देशन दिए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार