देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कानुन मन्त्री बडूको घरमा विप्लवको व्यानर र कालो झण्डा, प्रहरी बेखबर

0

काठमाडौं – कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको गृहजिल्ला दार्चुला सदरमुकामस्थित घरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका  कार्यकर्ताहरूले कालो झण्डासहित ब्यानर राखेका छन् ।

एमसीसीको विरोधमा मन्त्री बडूको घरमा बिहीबार कालो झण्डा र ब्यानर टाँगेको नेकपा दार्चुलाका सचिव भरत मल्लले जानकारी दिए ।

मल्लका अनुसार मन्त्री बडूको दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिका-५ नमस्कारमा रहेको घरमा कालो झण्डासहित ब्यानर टाँगेर एमसीसीको विरोध गरेको छ ।

विप्लवका कार्यकर्ताहरूले मन्त्री बडूको घरमा कालाे झण्डा राखेकाे विषयमा प्रहरी बेखबर रहेको छ । त्यस सम्बन्धमा प्रहरीलाई कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए ।।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार