देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कानुन व्यवसायीको आन्दोलनमा फुट,सर्वोच्चका ५ न्यायाधीश नियमित काममा फर्किंदै

0
<p>फोटो अनलाईन न्यूज7</p>

फोटो अनलाईन न्यूज7

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको न्यायाधीश र कानुन व्यवसायीको आन्दोलनमा फुटको संकेत देखिन थालेको छ ।

प्रधानन्यायाधीश राणाले तोकेका इजलास तीन साताभन्दा बढीदेखि बहिस्कार गर्दै आएका सर्वोच्चका १९ न्यायाधीशमध्ये ५ न्यायाधीश काममा फर्कने भएसँगै राणाविरुद्धको धर्नामा उत्रिएकाहरूबीचको फाटो बाहिर देखिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै विगत अघिल्लो सातादेखि इजलाश बहिस्कार गर्दै आएका ५ न्यायाधीशले अन्य न्यायाधीशसँगको सहकार्यलाई तोड्ने भएका छन् ।

सर्वोच्चका १९ न्यायाधीशमध्ये तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालले मंगलबारदेखि नियमित काममा फर्किने निर्णय गरेको स्रोतले बतायो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार