देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

0

काठमाडौं – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई नागरिकता किर्ते गरेको कसुरमा पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो ।

धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको जानकारी दिए । उनले भने, ‘नागरिकतासम्बन्धी मुद्दामा उहाँलाई पक्राउ गर्न चित्रबहादुर गुरुङ श्रीमान्‌को २ नम्बर इजलासले आज अनुमति दिएको हो ।’

उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ ।

सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै धनुषा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार