देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कान्तिपुर क्याम्पसमा दुइदिने तालीम सम्पन्न

0

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालीका-५ थली स्थित कान्तिपुर क्याम्पसमा दुईदिने अभिमुखीकरण तालीम सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयको आर्थिक सहयोगमा पढाईलाई आधुनिक प्रविधीसँग जोड्ने उद्देस्यले तालीम आयोजना गरिएको क्याम्पस प्रमुख शैलेन्द्र कुइँकेलले बताए ।

नेपाल पब्लिक क्यम्पस संघ बागमती प्रदेश अध्यक्ष समेत रहेका क्याम्पस प्रमुख कुइँकेलका अनुसार त्रिविका उप प्राध्यापक द्वय डा.इन्द्र उपाध्याय र कृष्ण अधिकारीले दिएको प्रशिक्षणमा सो क्यम्पसका अलावा छिमेकी जिल्ला सिन्धुपाल्चोकका समेत २६ जना अध्यापकहरु सहभागी थिए ।

तालीम समापन कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगरपालीकाका प्रमुख उपेन्द्र कार्कीले नगरको सदरमुकाममा रहेको यो क्याम्पसमा विद्यार्थीको आकर्षण नबड्नु चुनौतीको बिषय रहेको बताए । क्याम्पसको उन्नयनका निम्ती नगरपालीकाले गर्नुपर्ने जुनसुकै सहयोग गर्न आफु तयार रहेको उनको भनाइ थियो ।

कार्यक्रमका सभापती क्याम्पसका उपाध्यक्ष एवं संबिधानसभा सदस्य दिपक कुइँकेलले अनेकौं चुनौतीका सामना गर्दै यो अवस्थामा क्याम्पस ल्याइपुर्याउन योगदान गर्ने सबैको स्मरण गर्दै आगामी दिनमा समय सापेक्ष गुणस्तरिय आधुनिक शिक्षा दिनकालागि क्यम्पसमा जुनसुकै मुल्य चुकाउन आफु तयार रहेको बताए ।

कार्यक्रममा वडाध्यक्ष शंकर पाण्डे पुर्व क्याम्पस प्रमुख लक्ष्मीराज खनाल प्राज्ञीक सभा सदस्य महेश ओझा लगायतले शैक्षीक उन्नयनको बारेमा चर्चा गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार