देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कान्तिपुर सहकारीका पूर्वअध्यक्ष लामा पक्राउ

0

काठमाडौं – काठमाडौंको मीनभवनमा रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष चन्द्रबहादुर (सिबी) लामा पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार बिहान चितवनबाट पक्राउ गरेको हो। लामालाई काठमाडौं ल्याई प्रहरी वृत्त बानेश्वरमा बुझाइने एसएसपी सानुराम भट्टराईले जानकारी दिए।

यसअघि नै लामासहित ११ जनाविरुद्ध प्रहरीले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरिसकेको छ। संस्थाका आठ सय ५२ सदस्यको जाहेरीका आधारमा एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार बिगो कायम गरी सहकारी ठगीको मुद्दा गत चैतमा दायर भएको हो।

प्रहरीले संस्थाका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई पक्राउ गरी मुद्दा चलाएकोमा अन्य १० जना फरार थिए। सञ्चालकहरू जोगलाल लामा, प्रेमध्वज लामा, सानुकान्छा लामा, नारायण रिसाल, देवराज पराजुली, इन्दु थापा, कञ्चन तामाङ, उद्धवप्रसाद पाण्डे र अम्बिका थपलिया अझै फरार छन्।

हाल पुर्पक्षका लागि जेलमा रहेका अध्यक्ष ठकुरीले बयानको क्रममा संस्थाको पैसा सिबी लामाले नै दुरुपयोग गरेको बताएका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार