देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काभ्रेको नमोबुद्धमा मेयरका आकांक्षी पाण्डेमाथी हातपात

0

काठमाडौं – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा टिकट वितरण सम्बन्धी विवादमा नेपाली कांग्रेसबाट मेयरका दाबेदार रोशन पाण्डे कुटिएका छन् । कांग्रेसकै अर्का आकांक्षी कुन्साङ लामाले उनीमाथि कुटपिट गरेका हुन् ।

‘उहाँ एक्कासी म भएतिर आउनु भयो, मैले दाइ नमस्ते भन्दै थिएँ, उहाँले केही नभनी मुक्का हान्नुभयो’ पाण्डेले भने, ‘उहाँले हानेपछि सँगै भएका अरुले पनि हातमा जे जे छ, त्यसले हिर्काए ।’

पाण्डेले आफूलाई किन लामाले हिर्काए भन्ने थाहा नभएको बताए । कुटिएका पाण्डेले जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा किटानी जाहेरी दिने तयारी गरेका छन् ।

कुटपिटबाट घाइते पाण्डेको शीर मेमोरियल अस्पताल, बनेपामा उपचार भइरहेको छ ।

पाण्डे कांग्रेस नेता गणेश लामा पक्षधर मानिन्छन् भने कुन्साङ लामा तीर्थ लामा पक्षका हुन् ।

पत्रकार समेत रहेका रोशन पाण्डे अनलाइन न्यूज सेभेनका अध्यक्ष हुन् ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार