देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काभ्रे एमालेका पूर्व क्षेत्रीय सभापति, गाविस अध्यक्ष र उपाध्यक्ष कांग्रेस प्रवेश

0

काभ्रे –  काभ्रेमा एमालेका प्रभावशाली नेता पूर्व क्षेत्रीय सभापति पूर्व गाविस अध्यक्ष र उपाध्यक्ष नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

काभ्रेको धुलिखेलमा बुधबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा काभ्रे एमालेका प्रभावशाली नेता पूर्व क्षेत्रीय सभापति रामकृष्ण हुमागाईं नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

उक्त अवसरमा हुमागाईंसहित नेकपा एमालेका प्रभावशाली नेता एवं तत्कालिन काभ्रे गाविसका अध्यक्ष साधुराम बडाल, उपाध्यक्ष कृष्णबहादुर बस्नेत पनि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरुमा धुलिखेल नगरपालिकाका वर्तमान वडाध्यक्ष निराजन जंगम, पूर्ववडाध्यक्ष दामोदर तिमिल्सिना लगायत नगरसदस्यहरुसहित ३ सय भन्दा बढी कार्यकर्ता तथा सर्वसाधारण थिए ।

विगत चार दशकदेखि एमालेमा सक्रिय रहेर क्षेत्रीय सभापतिको भूमिका निर्वाह गरिरहेका हुमागाईंले आफ्नो पूर्वपार्टीले मदन भण्डारीको नीति र सिद्धान्तलाई पाखा लगाउँदै, पार्टीको सिद्धान्तलाई अपहेलना गरेकोले आफूले एमाले छाडेको बताए ।

उक्त पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय सदस्य गणेश लामा, नेपाली कांग्रेस वागमती प्रदेश महामन्त्री कञ्चन बादे, जिल्ला सभापति तीर्थ लामालगायतको उपस्थिति रहेको थियो । कार्यक्रम धुलिखेल नगरपालिकाका कांग्रेस सभापति विदुर बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार