देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काम चलाउ बनेका मुख्यमन्त्रीले सर्वोच्चको आदेशविपरीत गण्डकीमा फुटाए मन्त्रालय

0

काठमाडौं – काम चलाउको रुपमा रहेको गण्डकी सरकारले सर्वोच्च अदालतको आदेश विपरित मन्त्रालय फुटाएको छ । गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले मंगलबारको मन्त्रिपरिषद् बैठकले ७ वटा मन्त्रालय फुटाएर ९ वटा बनाएको बताए ।

उनका अनुसार प्रदेश सरकारले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीसँग रहेको आन्तरिक मामिला मन्त्रालय फुटाउने निर्णय गरेको हो ।

गत वर्ष पुस २५ मा पहिलोपल्ट गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा खगराज अधिकारीले मन्त्रालयको संख्या १२ बाट घटाएर ७ पुर्‍याएका थिए । दोस्रोपल्ट मुख्यमन्त्री हुँदा भने अधिकारीले आफ्नै वचन तोडेर सत्ता टिकाउने प्रपञ्चकालागि आफ्नै निर्णय उल्टाएका हुन् ।

विश्वासको मत लिने अवधिसम्म सत्ताबाहिर रहेको राप्रपाका दुई सांसदलाई मनाउने र आवश्यक परे दुवै सांसदलाई मन्त्री पद दिनलाई मन्त्रालय फुटाइएको सत्तापक्षकै एक सांसदले बताए ।

एमाले संसदीय दलका नेता अधिकारी माओवादी र स्वतन्त्र सांसदको समर्थनमा ६० सदस्यीय प्रदेशसभामा एमालेका २२, सभामुखसहित माओवादीका ८ र एक स्वतन्त्र सांसदसहितको समर्थनमा गत आइतबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सभामुखसमेतको मतका आधारमा नयाँ मुख्यमन्त्री नियुक्ति गर्ने काम असंवैधानिक भन्दै प्रदेश प्रमुख भट्टविरुद्ध कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले उक्त रिट उपर सुनुवाइ गर्दै गण्डकीमा नवगठित सरकारविरुद्ध बुधबार अन्तरिम आदेश जारी गर्दै मुद्दाको टुंगो नलागेसम्म दीर्घकालीन महत्त्वको काम नगर्न भनेको छ ।विनोद शर्माको इजलासद्वारा जारी आदेशमा भनिएको छ, ‘प्रदेश सरकारका नियमित कार्य सञ्चालनबाहेक प्रत्यर्थी खगराज अधिकारीको नेतृत्वमा गठित प्रदेश सरकारबाट प्रस्तुत निवेदनपत्र टुंगो नलाग्दासम्म दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्नू/नगराउनू ।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार