देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए खुवाईने

0

काठमाडौं– सरकारले आगामी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए खुवाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम गर्ने निर्णय गरेको हो । मन्त्रालयले सो कार्यक्रममा समन्वयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार समेत गरेको छ ।

सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरणमा ७ सय ५३ वटै स्थानीयमा यो कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो ।

सरकारले अघिल्ला वर्षमा जस्तै यसवर्ष पनि शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाहरुमा पाँच वर्ष मुनिका बाल बालिकाहरुको पोषण अवस्था परिक्षण गरी ६ देखि २३ महिनाका बाल बालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा समेत वितरण गर्ने जनाएको छ ।

बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बालभिटा वितरणका लागि स्थानीय तह र मातहतमा रहेका निकाय खटिनेछन् ।

स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिना देखि ५ बर्षसम्मका २७ लाख ६८ हजार ५४० जना बालबालिकालाई भिटामिन ए खुवाइदै छ । यस्तै १ देखि ५ वर्ष उमेरका २३ लाख ५६ हजार ८४३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार