देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

0

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकबाट पुरुषोत्तम दाहालले राजीनामा दिएका छन् । यही ९ पुसबाट लागू हुने गरी उनले नवनिर्वाचित सभापति शेरबहादुर देउवा समक्ष राजिनामा दीएका हुन् ।

नवनिर्वाचित सभापति तथा उपसभापतिलाई नवीन परिस्थितिमा कार्य सहजीकरण होस् भन्ने अभिप्रायले राजीनामा दिएको दाहालले उल्लेख गरेका छन् ।

उनले तत्कालीन उपसभापति विमलेन्द्र निधि र नवनिर्वाचित उपसभापतिद्वारा पूर्णबहादुर खड्का र धनराज गुरुडलाई बोधार्थ दिँदै राजीनामा पत्रमा प्रतिष्ठान पार्टीको सैद्धान्तिक, वैचारिक र नीतिगत स्पष्टताका लागि निरन्तर क्रियाशील हुनुपर्ने र यसलाई संस्थागत बनाउन पार्टीले गम्भीर हुनुपर्ने सुझाव दिएका छन् ।

दाहाललाई २०७५ साउन १ गते तत्कालीन उपसभापति विमलेन्द्र निधिले कार्यकारी निर्देशक नियुक्त गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार