देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कार्यकाल सकिनै लाग्दा देउवाद्वारा विभिन्न १३ विभाग गठन

0

(काठमाडाैं) – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विभिन्न १३ विभाग गठन गरेका छन् । सभापति देउवाले गोपालमान श्रेष्ठलाई संगठन विभाग, रमेश रिजाललाई संघीय मामिला तथा प्रदेश समन्वय विभागमा मनोनित गरेका छन् ।

फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग, आनन्दप्रसाद ढुंगानालाई वित्तीय तथा सहकारी संस्था समन्वय विभाग र अजयकुमार चौरसियालाई तराई–मधेश समन्वय विभागमा मनोनयन गरेका हुन् ।

यस्तै, महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभाग, शंकर भण्डारीलाई तरुण विभाग, सीता गुरुङलाई आदिवासी जनजाति विभाग र गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभागको प्रमुखमा मनोनित गरेका छन् । यस्तै, उद्योग व्यापार विभागको प्रमुखमा चिनकाजी श्रेष्ठ, सूचना, संचार तथा प्रचार विभागको प्रमुखमा प्रवक्ता विश्वप्रकाश शर्मा र श्रमिक तथा ट्ेरड युनियन विभागको प्रमुखमा शिवप्रसाद हुमागाँई मनोनित भएका छन् ।

सभापति देउवाले आमन्त्रित केन्द्रीय कार्यसमितिको सदस्यमा कृष्ण किशोर घिमिरे, गोपालकुमार बस्नेत, सुधीरकुमार शिवाकोटी, मनोहर नारायण श्रेष्ठ र धु्रव वाग्लेलाई मनोनयन गरेका हुन् ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागहरुको प्रमुखमा जिम्मेवारी दिनु भएको जानकारी दिएका हुन् ।

विधानतह महाधिवेशन भएको ३ महिना भित्र पार्टीको सांगठनिक संरचना गठन गर्नुपर्ने व्यवस्था छ । तर, देउवाले सभापति भएको ४ वर्ष पुग्नै लाग्दा विधानलाई पूर्णता दिएका हुन् । २०७२ फागुन २० देखि २३ गते सम्म काठमाडौंमा सम्पन्न १३ महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचत भएका थिए ।

उनको नियमित कार्यकाल यही फागुन १९ गते सकिंदै छ । तर, देउवाले पार्टीको विधानको सुविधा उपयोग गर्दै आगामी वर्ष २०७७ फागुन ७ देखि १० गतेका लागि १४ औं महाधिवेशनको मिति तोकेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार