देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कार्यदलमा सहमति नजुट्दै ओलीले बोलाए केन्द्रीय कमिटीको बैठक

0

काठमाडौँ – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

नेकपा एमालेको कार्यदलमा सहमति नजुट्दै ओलीले असार २९ गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएका हुन्  । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।

प्रधानमन्त्री रहेका ओलीले यसअघि नै सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बोलाउने घोषणा गरेका थिए  ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै हस्ताक्षर गर्ने र सर्वोच्चमा रिट हाल्नेहरू फैसला आउनूपहिलासम्म फिर्ता नलिनेहरू एमालेमा नरहने चेतावनी दिएका थिए ।

विवाद समाधानका लागि कार्यदल बैठक चलिरहेको बेला ओलीले एक्कासी केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । सोमबार साँझ स्थायी कमिटी बैठक पनि बोलाइएको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार