देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कार्यव्यवस्था परामर्श समिति बैठकमा एमाले नजाने

0

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोकाटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले नजाने भएको छ ।

सभामुख सापकोटाले आज आइतबार बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बैठकमा आजको संसद् बैठकमा प्रस्तुत गरिने कार्यसूचीबारे छलफल हुनेछ । बैठकमा संसदमा जारी अवरोध हटाउने विषयमा छलफल हुने पनि बताइएको छ ।

यसैबीच, आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले नजाने र विगतझैं संसद् अवरोध जारी राख्ने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार