देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कार्यसम्पादनमा पाल्पाको रिब्दीकोट गाउँपालिका पहिलो 

0

काठमाडौं – स्थानीय तहको कार्यसम्पादन मुल्यांकनमा पाल्पाका दस स्थानीय तहमध्ये रिब्दीकोट गाउँपालिका ६५.०९ अंकसहित पहिलो भएको छ । आर्थिक वर्ष २०७९/०८० को मुल्याङ्कनमा रिब्दीकोट जिल्लामै उत्कृष्ट भएको हो । 

राष्ट्रिय प्राकृति स्रोत तथा बित्त आयोगको मुल्यांकन पुनरावलकनमा रामपुर नगरपालिकाले ५५.६७, पुर्वखोला गाउँपालिकाले ४५.१६, रम्भा गाउँपालिकाले ५६.२३, बगनासकाली गाउँपालिकाले ५८.४५ अंकभार प्राप्त गरेका छन् ।

त्यस्तै तानसेन नगरपालिकाले ६२.१०, रैनादेवी छहरा गाउँपालिकाले ६०.३८, तिनाउ गाउँपालिकाले ५४.५८, माथागढी गाउँपालिकाले ६०.५४ र निस्दी गाउँपालिकाले ६१.४३ अंकभार प्राप्त गरेका छन् ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गर्दै आएको छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको सूचक रहेको छ । यसैगरी बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था पनि सूचकमा उल्लेख छ ।

बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गर्ने गर्छ । आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १ दशमलव ६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशतको पनि मुल्यांकन गर्ने गर्छ ।

यसैगरी स्वास्थ्य संस्थामा ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचक छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार