देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कार्यान्वयन भएन गृहको निर्देशन, क्रसर उद्योग कतै खुल्ला कतै बन्द

0

काठमाडौं – गृह मन्त्रालयले मापदण्ड विपरीत र बिना दर्ता सञ्चालित क्रसर उद्योगलाई बन्द गर्न सरकारले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई एक हप्ते निर्देशन दिएको दुइ हप्ता बितिसक्दा पनी कार्यान्वयनको अवस्था भने फितलो देखिएको छ ।

गृह मन्त्रालयले गत कार्तिक २६ गते जिल्लामा सञ्चालित क्रसर उद्योगको संख्या, मापदण्ड अनुसार भए/नभएको, राजस्व बुझाए/नबुझाएको र दर्ता भए/नभएको बारे एकीन विवरण ७ दिनभित्र पेस गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको थियो ।

मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डिभिजन वन, जिल्ला प्रहरी, घरेलु तथा साना उद्योग, मालपोत र नापी कार्यालयका प्रमुखसहित इञ्जिनियर सम्मेलित टोलीबाट तत्काल अनुगमन गर्न भनेको भएपनी सो निर्णय कार्यान्वयन भएको देखिंदैन ।

काठमाण्डौं आसपासका धादिङ, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोकका क्रसर उद्योगहरु बाट निर्वाध रुपमा निर्माण सामाग्रीहरु काठमाण्डौं भित्रीरहेको अवस्था छ । गृहले मापदण्ड अनुसार भए/नभएको, राजस्व बुझाए/नबुझाएको र दर्ता भए/नभएको बारे एकीन विवरण ७ दिनभित्र पेस गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएपनी सम्बन्धित जिल्ला प्रसाशन कार्यालयले भने कतै खोल्ने कतै बन्द गर्ने तथा ढुवानिमा पनी कतै सहयोग गर्ने कतै अवरोध गर्ने गरेको उद्योगीहरुको गुनासो छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल भन्छन् “हामिले मापदण्ड विपरितका सबै उद्योगहरुलाई बन्द गर्न निर्देशन दिएका छौं । यदि कसैले अटेर गरेको भए आवश्यक प्रकृया अघि बढाउँछौं ।” गृहको निर्देशन कार्यान्वयनका लागी प्रहरीको सहयोगमा नितिगत निर्णय गरेर अघी बढेको प्रजिअ ढकालको भनाइ छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार