देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कार्यालय सहयोगी २४ हजार घूस सहित पक्राउ

0

धनुषा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ नम्बर वडा कार्यालयका सहयोगीलाई घूस सहित पक्राउ गरेको छ ।

आयोगको टोलीले कार्यालय सहयोगी दिलिप कुमार पंजियारलाई २४ हजार रुपैयाँ घूस सहित पक्राउ गरेको हो ।

पंजियारले नागरिकता प्रमाणपत्रको सिफारिस गराइदिए बापत सेवाग्राहीसँग घूस मागेको उजुरीका आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले पंजियारलाई वडा कार्यालय अगाडिबाट पक्राउ गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार