देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कालीकोटको महावैमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु

0

कालीकोट – कालीकोटको महावै गाउँपालिका-३ नकुमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ ।

बिहीबार राति साढे १२ बजे खसेको पहिलोले वडा सदस्य राजबहादुर विष्टको घर पुरिंदा उनको परिवारका ६ जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर विष्टका दुई छोराहरु १३ वर्षीय पुष्प र ११ वर्षीय प्रविन, छोरीहरु १८ वर्षीया सबिना र १५ वर्षीया आशा, वडा सदस्य राजबहादुरका दाजु डिलबहादुरका छोरीहरु १९ वर्षीया शान्ति र १० वर्षीया रेखाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीले पहिरोबाट शव निकालेका हुन् । पहिरोले पूरै गाउँ जोखिममा रहेको स्थानीय खेमबहादुर सिंहले बताए । घरको तल्लो तलामा रहेका बालबालिका पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

 

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार