देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कालीगण्डकी करिडोरमा सुख्खा पहिरोमा पुरिएर ५ मजदुरको मृत्यु

0

नवलपरासी – कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार बुधबार साँझ पहिरामा पुरिएका थिए ।

सडकखण्डमा ग्याबिनमा ढुङ्गा भरिरहेका अवस्थामा माथिबाट खसेको सुख्खा पहिरामा पुरिएका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिए ।

मृत्यु हुनेमा सबै  बुलिङटार –४का  २० वर्षीय  गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र  ताराबहादुर लुङ्गेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेको बताइएको छ ।

पहिरोमा पुरिएका पाँचै जनालाई इलाका प्रहरी कार्यालय बुलिङ्टारबाट खटिएको  प्रहरी टोली  र स्थानीयवासीको सहायतामा निकालिएको थियो । पहिरामा परी दुई जना घाइते भएका छन् ।

एक्काइस वर्षीय कृष्ण लुङ्गेली र १९ वर्षीय केवल सिंह लुङ्गेली मगर घाइते भएका हुन् । उनीहरु पहिरोमा परेपछि अन्य कामदारले उद्धार गरेका थिए । उद्धार गरिएका दुवै जनाको भरतपुरमा उपचार भइरहेको प्रहरी प्रमुख मल्लले जानकारी दिए ।  – रासस

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार