देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्न माग

0

काठमाडौं – उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यले चाडपर्व नजिकिदै गर्दा उपभोग्य वस्तुको मूल्यवृद्धि गरेर कालोबजारी भइरहेकाले नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन् ।

नेकपाका सांसद देवेन्द्र पौडेलले बजार मूल्यमा समानता नभएको र अस्वभाविक रुपमा मूल्य बढेकाले नियन्त्रण गर्नुपर्ने बताए ।

कांग्रेस सांसद भिमसेनदास प्रधानले दिनदिनै अस्वभाविक रुपमा मूल्य वृद्धि भइरहेको उल्लेख गर्दै मूल्यवृद्धि गर्नेलाई कडा कारबाही गर्नुपर्ने बताए । कांग्रेस कै सुजाता परियारले मूल्य वृद्धि भइरहँदा बजार अनुमगन गर्ने सम्बन्धित निकायलाई छलफलमा बोलाउनुपर्ने बताए ।

समिति सभापति विमल प्रसाद श्रीवास्तवले समितिमा छलफलका लागि बोलाउने वातावरण नबनेसम्म सचिवालयलाई सम्बन्धित निकायलाई बोलाएर मूल्यवृद्धिका विषयमा सोधपुछ गर्न निर्देशन दिएको जानकारी गराए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार