देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कास्कीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १० घाइते

0

काठमाडौं – कास्कीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

पोखरा महानगरपालिका– १ हरिचोकबाट अन्नपूर्ण गाउँपालिका– ४ भदौरेतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जिप वडा नम्बर ४ स्थित सल्लाघारीमा सडकबाट करिब दुई सय मिटर तल खसेको हो।

मृत्यु हुनेहरूमा पोखरा– २३ पामे बस्ने ५५ वर्षका लक्ष्मण सुनार र ५२ वर्षका जयराम सुनार रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सूर्यबहादुर रानामगरले जानकारी दिए।

वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीका अनुसार घाइतेहरूलाई उपचारका लागि पोखरा ल्याइएको छ। दुर्घटनाको अन्य विवरण आउन बाँकी छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार