देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेस केन्द्रिय सदस्यमा शिव सुनारको उम्मेदवारी

0

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने क्रम तिव्र रुपमा बढेको छ ।

महाधिवेशन उदघाटन हुन तीन दिन बाँकी छ हुँदा नेताहरूले धमाधम उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

यसैक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोकका उप-सभापती सिव सुनारले काँग्रेस दलित कोटा अन्तर्गतको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

विगत लामो समयदैखिनै काँग्रेसमा आवद्ध भएर विशेषगरी पार्टिको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका नेता सुनार शालिन र वौद्धिक नेताका रुपमा परिचित छन् ।

पार्टिको महासमिति सदस्यको भुमिकामा रहँदा नेता सुनारले पार्टिमा समावेशी सिद्धान्त अनुसार दलित, जनजाती, महिला, अपाङ्ग, अल्पसंख्यक तथा पिछडिएको समुदायको समान सहभागीताकालागी सशक्त आवाज उठाएका थिए ।

पार्टिमा सिङ्गो दलित आन्दोलनको पर्यायका रुपमा परिचित नेता सुनारले आफुले दलित, जनजाती, महिला, अपाङ्ग, अल्पसंख्यक तथा पिछडिएको समुदायको समान सहभागीताकालागी सशक्त आवाजलाई पार्टिको आधिकारीक निति भित्र समेट्दै कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

कांग्रेसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री (खस–आर्य, महिला, मधेसी, मुस्लिम, थारू, दलित र पिछडिएको क्षेत्रबाट एक–एकजना) गरी १३ जना पदाधिकारी निर्वाचित भएर आउने छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार