देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काेराेना भाईरसबारे भ्रमपूर्ण प्रचार गर्ने एक पक्राउ

0

(काठमाडौं) – कोरोना भाइरसको संक्रमणबारे अफवाह र भ्रमपूर्ण प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगर रहेका छन् ।

कोभिड-१९ को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्जाल मार्फत भाइरल बनाउने मगरलाई शनिबार नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । उनले कोरोनाका कारण एक जनाको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका छन् ।

पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्ने सूचना त्यहीं कार्यरत चिकित्सकले बताएको भन्दै अडियो क्लिप सेयर गरेका थिए । उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड गरेका थिए ।

परेका विवेक थापा मगरले आफ्नो फेसबुक एकाउन्टमा  ‘रिच र इंगेजमेन्ट’ बढाउन भ्रम छरेको बयान दिएका छन् । केन्द्रीय साइबर ब्युरोले शनिबार दिउँसो उनलाई पक्राउ गरेको थियो । पक्राउपछि प्रहरीले किन अफवाह फैलाएको भन्दै बयान लिन थालेपछि मगरले फेसबुक एकाउन्टमा  ‘रिच र इंगेजमेन्ट’ बढाउन नयाँ तरिका अपनाएको बताएका हुन् ।  उनले सामाजिक संजालको दुरूपयोग गर्दै अडिओ मेसेज मार्फत् राजधानी काठमाडौंको अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको बताएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार